६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने



file
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ । शुक्रबार एमालेले संसद अवरुद्ध गरेपछि बस्न नसकेको बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । साथै नीति तथा कार्यक्रममाथि संसदहरुले उठाउनुभएका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिने कार्यक्रम पनि छ ।

साथै नीति तथा कार्यक्रममा संशोधनका लागि दर्ता भएका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभामा नेपाली कांंग्रेसका तीनसहित २० जना सांसदले नीति तथा कार्यक्रम संशोधनको प्रस्ताव दर्ता गराउनुभएको छ ।

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भइसकेको छ ।