१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

सरकार सदनप्रति जिम्मेवार छैन – सचेतक बर्तौला

सरकार सदनप्रति जिम्मेवार छैन – सचेतक बर्तौला
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको बताउनुभएको छ । शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताउनुभएको हो । उहाँले राज्यको सम्पती कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पती कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताउनु भयो । आफूहरुले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मवार नभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यो अवरोध सरकारले गरेको हो । सरकारलाई सोध्नुहोस् । हामीले मुद्दा उठायौँ । सरकारले के थाहा पाउनुपर्छ भने यो देशमा राज्यको सम्पती कति छ ? सरकार सबै बेखबर । किनकी यो सरकार आफैँ चलिराखेको छैन । यो सरकार परनिर्भर छ । यहीँबाट देखिन्छ, आफ्नो देशको सम्पती कहाँ कति छ भन्नेकुरा बताउन सक्दैन ? यति बताउन सामथ्र्य नरहने सरकार यो सदन चलाउने कुरामा जिम्मेवार नै छैन । सदन छोडेर गइसक्नु भयो सरकार । सदनप्रति जिम्मेवार छैन ।

आजको संसदको प्रक्रिया सरकारले अवरुद्ध ग¥यो । हामीले विषय उठाएका कुरामा सम्बोधन गर्न तयार भएन । हामी फेरिपनि आग्रह गर्न चाहन्छौँ संसद छिटोभन्दा छिटो चल्ने अवस्था निर्माण होस् । हामीले उठाएको विषय देशलाई भन्दिओस् । जसरी सत्तापक्षको एउटा सांसदमार्फत देश, दुनियाँलाई भ्रममा राखिएको छ । त्यो कुरा के हो सरकारले भन्दिओस् । प्रष्ट पार्दिओस् आजै । त्यसपछि संसदीय प्रक्रिया अगाडी बढ्छ ।’