• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ★   हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो ★   आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ★   सञ्चार मन्त्रालयको विज्ञप्तिपछि चल्न थाल्यो इन्टरनेट ★   चेल्सीले टोटेनहमलाई हरायो ★   वैशाख २८ गतेका लागि बजेट अधिवेशन आह्वान ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने

सांसद दाहालबारे ओलीको टिप्पणी– जँड्याहाले जाँड खाएको तालमा पनि यस्तो बोल्दैन



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी प्रकरणमा तथ्यहीन आरोप लगाइएको बताएका छन् ।

पार्टी मुख्यालय च्यासलमा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि अनुशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई चौतर्फी घेराबन्दी भइरहेको बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

ओलीले भने ‘अस्तिमात्रै एकजना माओवादीका सांसदले रोष्ट्रममा उभिएर बोल्दै गर्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो पैसा ? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी हालेर भ्रष्टाचार गर्‍यो भनेर बोले । संसद अवरूद्ध हुनैपर्छ, किनभने यस्तो बकवास ! जँड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो कुरा बोल्दैन ।’

उनले संसद्जस्तो गरिमामय ठाउँमा कोभिड १९ का बेला औषधी उपकरण खरिद्मा दुई अर्ब खाएको भन्ने आरोप लगाएको भन्दै आक्रोश समेत पोखे ।

ओलीले अगाडि थपे – ‘नेकपा एमाले, त्यसमा पनि केपी ओली जसले जिन्दगीभरि भ्रष्टाचारको विरूद्धमा अभियान चलाएर आएको छु । त्यही मानिसकोविरूद्ध ? यो त इमानका शत्रुहरूले गर्ने काम हो । देशद्रोही तत्वहरूले गर्ने काम हो ।’

एमाले भ्रष्टाचारको सधैं विरोधी र स्वच्छता, पारदर्शिताको पक्षपोषक भएको बताउँदै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको निशाना एमालेलाई बनाइएको आरोप समेत लगाए ।