• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

रेशम चौधरीलाई आममाफी नदिन राष्ट्रपति कार्यालयमा निवेदन



काठमाडौँ । रेशम चौधरीलाई आममाफी नदिन भन्दै राष्ट्रपति कार्यालयमा निवेदन परेको छ । टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएकी हुन् ।

टिकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् ।

सरकारले जेलमा रहेका रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको समाचार सार्वजनिक भइरहेको बेला सो कदम रोक्नको लागि निवेदन परेको हो ।