५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.86

Wind: 1.03

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन सुचारु गर्न मुख्य दलसँग छलफलमा सभामुख



संसद बैठक अवरुद्ध गर्दै एमाले सांसदहरु
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले सदन सुचारु गर्न छलफल गरिरहनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले बैठक अवरोध गरेको थियो ।

संसद्मा एमालेले गरेको अवरोध हटाउन सभामुखले मुख्य दलका नेताहरूसँग छलफल गरिरहनुभएको बताइएको छ ।

एमालेले छलफलमा सांसद दाहालले लगाएको आरोप पुष्टि गर्नुपर्ने र यसको जवाफ सरकारले दिनुपर्ने अडान कायमै राखेको छ । एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित भएको बैठक अझै बस्ने सकेको छैन । बैठकको समय परिवर्तन गरी ३ बजेलाई तोकिएकोमा त्यो पनि टरेको छ ।