१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन सुचारु गर्न मुख्य दलसँग छलफलमा सभामुख



संसद बैठक अवरुद्ध गर्दै एमाले सांसदहरु
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले सदन सुचारु गर्न छलफल गरिरहनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले बैठक अवरोध गरेको थियो ।

संसद्मा एमालेले गरेको अवरोध हटाउन सभामुखले मुख्य दलका नेताहरूसँग छलफल गरिरहनुभएको बताइएको छ ।

एमालेले छलफलमा सांसद दाहालले लगाएको आरोप पुष्टि गर्नुपर्ने र यसको जवाफ सरकारले दिनुपर्ने अडान कायमै राखेको छ । एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित भएको बैठक अझै बस्ने सकेको छैन । बैठकको समय परिवर्तन गरी ३ बजेलाई तोकिएकोमा त्यो पनि टरेको छ ।