६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षका सांसदले पशुपतिको गजुरमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेको आपत्ति



अ+ अ-

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदहरुले भ्रष्टाचार गरेको आरोप लगाएपछि नेकपा एमालेले आपत्ति जनाएको छ। शुत्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका हुन्।

उनले तथ्य र प्रमाणबिना लगाएको आरोप स्वीकार्य नहुने बताए। देशको मुख्य चुनौती भ्रष्टाचार बनेकाले देशलाई भ्रष्टाचार मुक्त नबनाएसम्म समृद्धिको यात्रा तय गर्न नसक्ने उनको भनाई छ ।

उनले भने, ‘सत्तापक्षकै लेखनाथ दाहाल भन्ने सांसदले उहाँले भन्नुभयो एमाले नेतृत्वको सरकार हुँदा ओलीज्यूले पशुपति नाथको मन्दिमा जलहरी लगाउने भनेर सुन लगाउने भनेर पित्तल लगाएको गम्भिर आरोप यही सदनबाट लगाउनुभयो। एमालेले भ्रष्टाचारका विरुद्धमा देशव्यापी अभियान छेड्छ। जनतालाई सजक बनाउनुको साथै यो संसदमा पनि निरन्तर भ्रष्टाचारविरुद्ध आवाज उठाउँछौं।’