१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउँछ: सचिव सुवेदी

नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउँछ: सचिव सुवेदी
अ अ+ अ-

काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित दृष्टिविबहीनहरुको लागि व्यवसायिक सीप विकास र प्रवद्र्धन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिटिभिटीसँग सहकार्य गरी सरकारले नेत्रबिहीनका लागि लचिलो सीप परीक्षण विधि अपनाउनसकने नेत्रहीनहरुले पनि सहजै रोजगारी पाउने अवस्था सिर्जना हुनसक्ने बताउनु भयो । उहाँले नेत्रहीनहरुका लागि कस्ता सीप दिने भन्नेबारेमा विस्तृत छलफल गर्न आवश्यक देखिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सिटिभिटीले सीप परीक्षण गर्छ । सीप परीक्षण गर्ने क्रममा उहाँहरुलाई अलि सहजीकरण गर्नुपर्ने हो की ? अलि लचिलो बनाउनुपर्ने हो की ? नीति प्रक्रियामा । सीप परीक्षणमा अरुलाई भन्दा फरक किसिमबाट गर्नुपर्छ । त्यसै अनुसार उहाँहरुले रोजगारीको बजार पाउने व्यवस्था गर्नुपर्छ । लचिलो सीप परीक्षण विधि अपनाउनलाई सिटिभिटीमा हामीले सहकार्य गर्नसक्छौँ । सीपको लागि कस्ता सीपहरु दिनुपर्छ, कस्ता स्किल्स दिनुपर्छ भन्नेमा छलफल हुनुपर्छ ।’

कार्यक्रममा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले व्यवसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा दृष्टिबिहीनहरुलाई नसमेटिएको बताउनु भयो । उहाँले सीप बिना जीवन चलाउन नसकिने भएकाले नेत्रहीनहरुलाई पनि सरकारले सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा समेट्नैपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले व्यवसायिक सीप विकासको प्रवद्र्धनमा लाग्नुपछ सबै लाग्नुपर्ने बताउनु भयो । दृष्टिबिहीनहरुले गरिरहेका कामहरुको सरकारी निकायबाट प्रमाणित गर्ने काम नभएकोप्रति गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन व्यवसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा दृष्टिबिहीनहरुको सवालमा त्यति साह्रो समेटिएको पाइएन । तर त्यसमा समेटिनुपर्छ । किनभने सीप बिना जीवन गुजारा हुँदैन । सीप भएपछि धेरै अवसर हुन्छन् भनेर पहल गरेका हौँ, यो पहल गरेको धेरै वर्ष भयो, अहिले शिक्षा मन्त्रालयले उद्योग सीप विकासको रणनीति बनाएको छ, त्यसमा दृष्टिबिहीनहरुलाई समेट्ने काम भएको छ । यो कार्यक्रम शिक्षा मन्त्रालयको र नेत्रहीन संघ लगायतको संयुक्त पहलमा आयोजना गरिएको हो । सीप विकासको पहिचानका लागि कार्यक्रम गरेको हो । हामी सबै मिलेर व्यवसायिक सीप विकासको प्रवद्र्धनमा लाग्नुपर्छ । दृष्टिबिहीनहरुले गरिरहनुभएका कामको सर्टिफाइ गर्ने काम भएको छैन ।’

कार्यक्रममा अन्य वक्ताहरुले सीप विकाससँग सम्बन्धित काममा तीन तहका सरकारबीचको समन्वय, संघीय मन्त्रालय र निकायबीचको समन्वयका साथै सीपविकासको पाठ्यक्रम र सीप परीक्षणलाई कसरी प्रभावकारी बनाउने ? भन्ने विषयमा ध्यान दिन जरुरी रहेको बताए ।