• २४ जेष्ठ २०८०, बुधबार
  •      Wed Jun 7 2023
  •   Unicode
Logo
Latest
★   बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोशिस भएको छ: सांसद बडू ★   सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेर बैठक चलाएको सांसद दाहालको आरोप ★   आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन्: प्रधानमन्त्री दाहाल ★   नक्कली भूटानी शरणार्थी प्रकरण: प्रतिवादीतर्फको बहस जारी ★   प्रतिनिधिसभाको शून्य समय: नागरिकता विधेयकदेखि सुकुम्बासीका समस्यासम्म ★   ‘आदिपुरुष’को अन्तिम ट्रेलर सार्वजनिक ★   महिला तथा सामाजिक मामिला समिति सदस्यमा बिन्दवासिनी कंसाकार ★   कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   दयाहाङ राई ‘कार्साङ’ मा अनुबन्धित ★   एमाले नेताका जिम्मेवारीमा व्यापक फेरबदल, कसलाई के जिम्मेवारी ? (अपानिसहित)

मन्त्री ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ ।

उक्त टोलीले आजै नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ । टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको छ ।

सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिनुभएको थियो । सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिनुभयो ।

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो ।