१९ पुष २०८१, शुक्रबार
,
Latest
तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन सन् २०२५ मा विश्वका लागि ध्यान केन्द्रित गर्न चीन कटिबद्ध बुर्तिबाङ अस्पताल: झुपडीदेखि ५० शय्याको अस्पतालसम्म विनाअक्सिजन ८ हजार मिटर अग्ला हिमालको आरोहण गरेका मिङ्मालाई विमानस्थलमा भव्य स्वागत सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला  निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान एलिट कपः आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा सिड्नी टेस्टः भारत १८५ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकाकुमारको प्रष्टीकरण- सांसद बन्न पार्टीलाई पैसा बुझाएको छैन



अ+ अ-
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्नका लागि पार्टीलाई कुनै पनि रकम नबुझाएको स्पष्ट पारेका छन् । बिहीबार राति एक विज्ञप्ति जारी गर्र्दै श्रेष्ठले विभिन्न मिडियामा आएको जस्तो आफूले पार्टीलाई पैसा नबुझाएको दाबी गरेका छन् ।
‘केही अनलाइन मिडियाहरुले समानुपातिक सांसद बन्नका तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियासँग नबोलेकाले र समाचार सम्प्रेषणका लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु । साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहिन समाचारलाई सम्प्रेषण नगर्न समेत सम्बन्धित मिडियाहरुको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले जारी विज्ञप्तिमा भनेका छन् ।
उनले स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरुले यस्तो भ्रामक तथ्यहिन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयम कानूनी प्रक्रियामा जान बाध्य हुने बताएका छन् ।
ढाका कुमारले व्यववसायी दुर्गा प्रसाईसँग आफू मन्त्री बन्न लागेको र त्यसका लागि सहयोग आवश्यक रहेको भन्दै २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्र्वजनिक भएसँगै रास्वपाले उनलाई सांसद पदबाट निलम्बन गरेको थियो ।
श्रेष्ठले आफू निर्दोष रहेको भन्दै कानूनी उपचार खोज्ने बताउँदै आएका छन् ।