२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने



अ+ अ-
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
विहान ११ बजे प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । साथै नीति तथा कार्यक्रममाथि संसदहरुले उठाउनुभएका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिने कार्यक्रम पनि छ ।
साथै नीति तथा कार्यक्रममा संशोधनका लागि दर्ता भएका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभामा नेपाली कांंग्रेसका तीनसहित २० जना सांसदले नीति तथा कार्यक्रम संशोधनको प्रस्ताव दर्ता गराउनुभएको छ ।
सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भइसकेको छ ।