१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय

कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय
फाईल फोटो
अ अ+ अ-

मोरङ । कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा आज सार्वजनिक गर्दै प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये तीन दशमलव दुई प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ ।

राष्ट्रिय जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवारको सङ्ख्या ३० दशमलव तीन प्रतिशत थियो । जनगणना २०७८ अनुसार प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार चार सय १२ मध्ये महिला २५ लाख ४४ हजार ८४ ९५१ दशमलव २८ प्रतिशत० छ भने पुरुष २४ लाख १७ हजार तीन सय २८ ९४८ दशमलव ७२ प्रतिशत ०रहेको तथ्याङ्कमा उल्लेख छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनामा प्रदेशको जनसङ्ख्या ४५ लाख ३४ हजार नौ ४३   थियो । जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये अन्य लिङ्गीको सङ्ख्या दुई हजार नौ सय २८ ९शून्य दशमलव शून्य एक प्रतिशत० मध्ये प्रदेशमा यसको १० दशमलव चार प्रतिशत छ ।

प्रदेशमा वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ८५ प्रतिशत छ । जसमा झापामा सबैभन्दा बढी एक दशमलव ९७ प्रतिशत र सबैभन्दा कम खोटाङ छ । जनगणनाअनुसार प्रदेशको कूल जनसङ्ख्याको ६२ दशमलव आठ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका छन् भने १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लोको उमेर समूहका जनसङ्ख्या क्रमशस् २६ प्रतिशत र ११ दशमलव दुई प्रतिशत छ ।

प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या मोरङमा ११ लाख ४८ हजार एक सय ५६ जना छन् भने सबैभन्दा कम जनसङ्ख्या तेह्रथुममा ८८ हजार सात सय ३१ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै झापा र सुनसरी जिल्ला क्रमशस् दोस्रो र तेस्रो धेरै जनसङ्ख्या भएका जिल्ला हुन् भने कम जनसङ्ख्या भएका जिल्लामा सोलुखुम्बु र ताप्लेजुङ क्रमशस्दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रदेशमा ५३ दशमलव चार प्रतिशत परिवारले खाना पकाउन काठरदाउराको प्रयोग गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । खाना पकाउन एलपी ग्यास, गुइँठा, बायोग्यास, बिजुली, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवाको क्रमशस् ४१ दशमलव दुई, तीन दशमलव चार, एक दशमलव तीन, शून्य दशमलव पाँच, शून्य दशमलव शून्य चार र शून्य दशमलव दुई प्रतिशत छ ।

जनगणनाअनुसार प्रदेशमा कूल ११ लाख ९१ हजार पाँच सय ५६ परिवारमध्ये ३० दशमलव नौ प्रतिशत परिवारको मूली महिला छन् । जुन अघिल्लो जनगणनाको तुलनामा चार दशमलव छ प्रतिशत बढी छ ।

प्रदेशका कूल जनसङ्ख्याको दुई दशमलव चार प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेकोमध्ये पुरुष ५३ दशमलव नौ प्रतिशत र महिला ४६ दशमलव एक प्रतिशत छन् ।

प्रदेशमा पाँच वर्ष वा सोभन्दा बढी उमेर समूहको कूल जनसङ्ख्यामा ७९ दशमलव सात प्रतिशत साक्षरता रहेकोमध्ये पुरुषको ८६ दशमलव एक प्रतिशत र महिला ७३ दशमलव छ प्रतिशत छ ।

प्रदेशमा २८ दशमलव दुई प्रतिशतले प्राथमिक तह ९कक्षा १ देखि ५ सम्म० उत्तीर्ण गरेका छन् भने कक्षा ६ देखि ८ सम्म उत्तीर्ण गर्ने २० दशमलव एक प्रतिशत, एसइई वा सोसरह उत्तीर्ण गर्ने ११ दशमलव तीन प्रतिशत र एसइईभन्दा माथिल्लो तह उत्तीर्ण गर्ने १६ दशमलव सात प्रतिशत छन् ।

प्रदेशमा पाँच वर्ष वा सोभन्दा कम उमेरका कूल चार लाख ६२ हजार छ सय २५ जना बालबालिकामध्ये ७० दशमलव आठ प्रतिशतको जन्मदर्ता गरेको देखिन्छ भने २९ दशमलव दुई प्रतिशतको जन्मदर्ता नभएको देखिन्छ ।

प्रदेशमा पहिलो विवाह गर्दाको औसत उमेर २० वर्ष रहेको छ । जसमा पुरुषको २२ वर्ष र महिला १९ वर्ष छ । प्रदेशमा विद्युत् प्रयोग गर्ने परिवारको सङ्ख्या ९३ दशमलव सात प्रतिशत छ । जुन २०६८ को जनगणनामा यस्तो सङ्ख्या ६५ दशमलव आठ प्रतिशत थियो । प्रदेशमा स्मार्टफोन भएका परिवार ७४ दशमलव दुई प्रतिशत रहेको छ भने साधारण मोबाइल फोन भएका परिवार ७२ दशमलव छ प्रतिशत छ ।

महिलाका नाममा घर वा जग्गा वा दुवै हुने परिवारका सङ्ख्या २८ दशमलव चार प्रतिशत छ । जुन २०६८ को तुलनामा शून्य दशमलव पाँच प्रतिशत बढी छ । प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले तथ्याङ्का आधारमा राज्यले उपलब्ध गराउने सेवासुविधा तथा कृषि, उद्योग, उत्पादकत्व, बजार व्यवस्थामा सहयोग पुग्ने विचार राख्नुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख मुन्नीकुमारी चौधरी, कार्यालयका निर्देशक केशवकुमार गौतम र अधिकृत नन्दलाल सापकोटाले योजना निर्माण, विकास र शान्ति सुरक्षामा तथ्याङ्क उपयोगी हुने विचार राख्नुभयो ।रासस