काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् ।
उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै हिजो युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका थिए । सोहिबारे रविले फेसबुकमा लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।’
उनले अमेरिका नागरिकता परित्याग गरेको तथ्य अदालतको माघ १३ को फैसलाले पुष्टि गरिसकेको साथै आफूले नेपाली नागरिकता पुनस् कायम गराएको प्रष्ट्याएका छन् । रविले लेखेका छन्,’अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०र०२र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिए’ ।
उनले चेतावनीयुक्त भाषामा लेखेका छन्, ‘घण्टीलाई बजाउनमात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।’