२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १४ जना घाइते, घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर



अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ ।

जिप दुर्घटनामा परि १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको छ ।

सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान दुर्घटना भएको थियो । १५ जना सवार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

घाइतेहरुलाई उद्धारको काम जारी छ । गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टरबाट बाँकेको कोहलपुर लैजाने तयारी गरिएको प्रहरीले जानकारी दिए ।