२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको उपस्थितिमा आज रातो मछिन्द्रनाथको भोटो देखाइँदै



file photo
अ+ अ-

काठमाडौं। आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाइने भएको छ । गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि यस बर्षको रथजात्रा समापन हुन्छ ।

जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट आज साँझ ५ बजे मछिन्द्रनाथको भोटो देखाईने गुठी संस्थान कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुन्छ ।

भोटो जात्राको अवसरमा आज गृह मन्त्रालयले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।