• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा



काठमाडौं । गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा गृहले काठमाडौं उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा विसं २०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३  जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’