• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

२१ कम्पनीको रु २० अर्बको आइपीओ पाइपलाइनमा



काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबान)का अनुसार यतिबेला विभिन्न सूमहका २१ वटा कम्पनी प्राथमिक शेयर (आइपीओ) निष्कासनका लागि तयारी अवस्थामा छन् ।
सेबोनका अनुसार चार वटा बीमा कम्पनी, आठ वटा जलविद्युत् कम्पनी, तीन वटा उत्पादन समूह, एउटा लगानी समूह र पाँच वटा अन्य समूहका कम्पनी छन् । यी कम्पनीले करिब २० अर्ब रुपैयाँ बराबरको  आइपीओ निष्कासन गर्ने भएका छन् ।
जसमध्ये अण्डर प्रिलिमिनरी रिभ्यू अन्तर्गत चार वटा कम्पनी छन् । मुक्तिनाथ कृषि विकास कम्पनीले १० करोड ४० लाख रुपैयाँ, सोनापुर मिनरल्स एण्ड आयल्य कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ५२ करोड ४० लाख रुपैयाँ र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब १५ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।
त्यसैगरी समीक्षा सकाएर प्रतिक्रियाका लागि पठाइएका चार वटा कम्पनी आइपीओ निष्कासनको प्रक्रियामा छन् । जसमा डिस होम मिडियाले २३ करोड ८५ लाख, हाथवे इन्भेष्टमेन्ट नेपालले १४ करोड ६२ लाख, ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ र भिजन लुम्बिनी उर्जा कम्पनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।
साथै प्रतिक्रिया पठाइसकिएको र समीक्षा हुन बाँकी कम्पनीमा रिलायन्स स्पिनिङ, सर्वोत्तम सिमेन्ट, माथिल्लो लोहार जलविद्युत्, मान्धु जलविद्युत्, भगवती जलविद्युत्, अकोर्ड फार्माच्युटिकल्स, मनकामना इन्जिनियरिङ, मिड–सोलु जलविद्युत्, चिख्र्वा हाइड्रो, आइएमई लाइफ इन्स्योरेन्स, माथिल्लो मैलुङ खोला जलविद्युत्, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, र नेपाल वायरहाउजिङ कम्पनी छन् । यी कम्पनीहरुले ७ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारीमा छन् ।