२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट माग्न सिंहदरबार आएको सुदुरपश्चिमको टोलीले आज प्रधानमन्त्री भेट्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बजेट माग्न सिंहदरबार आएको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले हिजो राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग भेट गरी आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्न आग्रह गरेको थियो ।

मुख्यमन्त्री शाह, प्रमुख प्रतिपक्षी दलका नेताका साथै मन्त्रीहरुसहितको टोली काठमाडौँ आइपुगेको हो । उक्त टोलीले आज विहान प्रधानमन्त्री दाहाललाई उहाँकै निवास बालुवाटारमा भेट्ने भएको हो ।

टोलीले हिजो अर्थमन्त्री प्रकाशशरण महतसमेतलाई भेट गरी बजेटमा प्राथमिकता दिन ध्यानाकर्षण गराएको थियो । टोलीले आज प्रधानमन्त्रीसँगै प्रमुख प्रतिपक्षी दलका नेतालाई पनि भेट गर्ने कार्यक्रम छ ।

संघीय सरकारको आँखामा सुदूरपश्चिम पछाडि पारिएको र स्रोत बाँडफाँटमा बहिष्करणमा नै पारिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डल यहाँ आइपुगेको हो । टोलीमा मुख्यमन्त्री शाह, प्रमुखप्रतिपक्षी दलका नेता राजेन्द्रबहादुर रावल, सभामुख भीमबहादुर भण्डारीका साथै मन्त्रीहरु हुनुहुन्छ ।