२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः पुलिस र खुमलटारलाई अंक



अ+ अ-

काठमाडौँ । अहमद हिजाजीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा रेलिगेसनबाट बच्न संघर्षरत विभागीय टोली नेपाल पुलिस क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार पराजित गर्दा अर्को खेलमा खुमलटार युथ क्लवले सातदोबाटो युथ क्लवबिरुद्ध अंक खोसेको छ ।

हिजाजीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलवार सम्पन्न खेलको २८ औं मिनेटमा जो एइडोको बललाई सदुपयोग गर्दै गोल गर्दा पुलिसले थ्री स्टार बिरुद्ध रोमाञ्चक जित निकालेको हो । जितसँगै पुलिस २० खेलमा २५ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेल हारेको थ्री स्टार भने २६ अंक जोड्दै छैटौं स्थानमा यथावत छ । यससँगै प्रशिक्षक मेघराज केसीको नेतृत्वमा रहेको थ्री स्टार पछिल्ला नौ खेलमा जितबिहीन रहेको छ । यससँगै पुलिसले थ्री स्टारसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा थ्रि स्टार १–० ले विजयी भएको थियो ।

लिग अन्तर्गत मंगलवार नै भएको अर्को खेलमा सातदोबाटोमाथि खुमलटारको जित निकाल्दा विदेशी खेलाडी मोसुके ओलोमोउले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एफसी खुमलटारले सातदोबाटो युथ क्लवमाथि १–० जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंशालामा मंगलवार सम्पन्न खेलको ३७ औं मिनेटमा ओलोमोउले गोल गरेका थिए । राजिव लोप्चको क्रसलाई बललाई उनले गोलमा परिणत गरेका थिए । त्यसपछि प्रतिष्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोलका लागि निकै प्रयास गरेपनि जित्न असफल भएको थियो ।

जितसँगै २० खेलमा २१ अंक जोडेको खुमलटार १४ औं स्थानमा छ । पराजय व्यहोरेको सातदोबाटो समान खेलबाट २९ अंकका साथ चौथो स्थानमा छ । खुमलटारले पछिल्लो पटक १५ औं चरणमा जावलाखेल युथ क्लावलाई ४–२ ले पराजित गरेको थियो । त्यसयताका चार खेलमा खुमलटारले तीन हार र एक बराबरीको नतिजा निकालेको छ । खुमलटारले सातदोबाटोसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो २–१ ले विजयी भएको थियो ।