• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

चलचित्र ‘हल्कारा’को चिठ्ठी लेखन प्रतियोगिताको वितेजा घोषणा



काठमाडौँ । बैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र ‘हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन वितेजा घोषणा भएका छन् ।

प्रतियोगितामा भाग लिएका मध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन् । जसमा प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका -०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका-०६, मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् ।

चलचित्र टिमले विजेताहरुलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएको छ । यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो । पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने बताईएको थियो । सोहि अनुरुप नेपालभरबाट पत्रहरु प्राप्त भएका थिए ।

यो प्रतियोगिताका विजेता बैशाख २७ गते घोषणा हुने भनिएतापनि केहि प्राविधिक जटिलताका कारण मंगलबार नतिजा प्रकाशन गरिएको हो ।