२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो बेन्च नै फाइनल हो, जिम्मेवारीबाट हामी भाग्दैनौं : न्यायाधीश खतिवडा



अ+ अ-

काठमाडौं । संवैधानिक इजलासका एक न्यायाधीशले संसद विघटन सम्बन्धी मुद्दामा अर्को बेन्च गठनको कुरा नगर्न आग्रह गरेका छन् । 

बुधवार न्यायाधीश ईश्वर प्रसाद खतिवडाले यही बेन्चले हेर्ने भन्दै बेन्च गठनको कुरामा अबदेखि बहस नगर्न आग्रह गर्दै आफूहरुलाई आएको जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् ।

इजलास सुरु भएलगत्तै आफ्ना भनाइ राख्दै खतिवडाले भने, ‘हिजो अस्तिका कुरा कोट्याउन चाहन्न त्यो हाम्रो जानकारीमा छ । संयोगले जिम्मेवारी आएको छ अब यो जिम्मेवारीबाट हामी भाग्दैनौं ।’ उनले भने, ‘कहिलेकाहीँ शब्दबाट जवाफ हुन्छ, कहिलेकाहीँ उत्तर मौनता हुन्छ । अबदेखि बेन्च गठनको कुरामा बहसमा नउठाऔं ।’

फैसला लेख्ने बेला के गर्ने गरौंला भन्दै उनले यही बेन्च नै अन्तिम भएको बताए ।