२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने, प्रधानमन्त्रीले जवाफ दिने



अ+ अ-

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । प्रतिनिधिसभामा आइतबारदेखि सुरु भएको छलफल आज पनि जारी रहने भएको हो । प्रतिनिधिसभामा २० सांसदले नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव दर्ता गराउनुभएको छ ।

साथै राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । सम्भावित कार्यसूचीअनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाका सांसदहरुले नीति तथा कार्यक्रममाथि उठाउनुभएको प्रश्नको जवाफ पनि दिनुहुनेछ ।

राष्ट्रियसभामामा तीन सांसदहरु तुलसा कुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालले नीति तथा कार्यक्रममाथि संशोधन  प्रस्ताव गर्दा गराउनुभएको छ । उहाँहरुका प्रस्तावलाई राष्ट्रियसभामाका अध्यक्षले निर्णयार्थका लागि पेस गर्नुहुनेछ ।