२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनौटः ब्राजिलद्वारा पाराग्वे २–० ले पराजित, अर्जेन्टिना बराबरीमा



अ+ अ-

काठमाडौं । कतारमा सन् २०२२ मा हुने आगामी विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौट अन्तर्गत दक्षिण अमेरिकी महारथी राष्ट्र ब्राजिलले पाराग्वेलाई २–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै ब्राजिलले छ खेलबाट १८ अंकका साथ समूहमा पहिलो स्थानलाई अझ सुदृढ गरेको छ ।

ब्राजिलका फरवार्ड नेमारले चौथो मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि लामो समय दुबै टिमबाट गोल हुन सकेको थिएन । तर उत्तराद्र्धको इन्जुरी समयमा ब्राजिलका लुकास पाक्वेटाले नेमारले मिलाएको पासमा गोल गरेका थिए ।

दोस्रो स्थानमा रहेको अर्जेन्टिनालाई भने कोलम्बियाले २–२ गोलको बराबरीमा रोकेको छ । हालसम्म तीन वटा खेल बराबरी खेलको अर्जेन्टिनाका लागि पहिलो आठ मिनेटभित्रै क्रिस्टियन रोमेरो र लियोनार्दो पारेडेसले गोल गरेका थिए ।

कोलम्बियाका लागि लुइज मोरेल र म्यागुएल बोरजाले गोल गरेका थिए । यो बराबरीसँगै अर्जेन्टिनाले ६ खेलबाट  १२ अंक र कोलम्बियाले ८ अंक जोडेको छ ।

अन्य खेलहरुमा भेनेजुएला र उरुग्वे तथा चिली र बोलिभियाले बराबरी खेलेका छन् भने पेरुले इक्वेडरलाई २–१ गोलले पराजित गरेको थियो ।

अंक तालिकाः (छ खेल खेलिसकेको अवस्थामा)
 

१. ब्राजिल –– १८ अंक

२. अर्जेन्टिना –– १२ अंक

३. इक्वेडर –– ९ अंक

४. उरुग्वे – ८ अंक

५. कोलम्बिया –– ८ अंक

६. पाराग्वे –– ७ अंक

७. चिली –– ६ अंक

दक्षिण अमेरिकी समूहमा १० टिम राउन्ड रोबिनका लागि छनौट भइसकेका छन् । यीमध्ये सबैभन्दा बढी अंक ल्याउने चार वटा टिम सोझै विश्वकपका लागि छनौट हुनेछन् भने पाँचौं टिमले अन्य महादेशको टिमसँग प्रतिस्पर्धा गर्न पाउने छ ।
––