२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार बन्न नसकेको होइन, राष्ट्रपतिले नबनाइदिएको हो : वरिष्ठ अधिवक्ता यादव



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपतिले झालझेल गरी सरकार बन्न नदिएको आरोप लगाएका छन् । 

बुधवार सर्वोच्चको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट पहिलो बहस गर्दै यादवले संविधानको धारा ७६ (५)अनुसारको सरकार बन्न नसकेको होइन, बन्न नदिइएको आरोप लगाएका हुन् । 

वरिष्ठ अधिवक्ता यादवले भने – 'यहाँ जालझेल गरियो । सरकार बन्न नसकेको हो कि, राष्ट्रपतिलाई नबनाइदिएको हो ? बहुमत सांसदको हस्ताक्षर लिएर गएका देउवालाई प्रधानमन्त्री बन्न नदिएर रातारात प्रतिनिधि सभा विघटन गरियो।'

उनले ७६ (५) को सरकार बन्न दलीय समर्थन अनिवार्य नभएको जिकिर पनि गरे । 

'७६ (५) मा पार्टीको धारणा लागू नहुनेगरी सरकार गठनको व्यवस्था गरिएको हो । यसमा किन्तु परन्तु केही नहुने हो । दलको समर्थन पनि लिन त सकिन्छ, तर अनिवार्य छैन,' यादवले भने ।

प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको अवज्ञा गरेको आरोप पनि उनले लगाए ।