१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिलान्यास भएको १२ वर्षपछि बन्यो रिघा बौद्ध विहार



अ+ अ-

गलकोट । शिलान्यास भएको १२ वर्षपछि गलकोट नगरपालिका वडा नं ११ रिघाको उदय रिघा बौद्ध विहार निर्माण पूरा भएको छ ।

स्थानीय शेरबहादुर घर्तीले रिघामा बौद्ध धर्मको प्रचारप्रसार तथा प्रवर्द्धन गर्दै रिघालाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि १२ वर्षअघि यसको शिलान्यास गर्नुभएको थियो । उक्त स्थनामा बौद्ध गुम्बा, सत्तल तथा प्रवेशद्वार निर्माण गरिएको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्तीले बताउनुभयो ।

“बाह्र वर्षअघि बौद्ध धर्म र दर्शनका विषयमा जानकारी लिने मौका मिल्यो, भगवान गौतम बुद्धका नाममा केही गरौँ भन्ने सोच आयो”, घर्तीले भन्नुभयो, “बीस रोपनी जग्गालाई तारबार र संरक्षण गरी विहार बनाउने लक्ष्य यतिबेला आएर पूरा भएको छ ।”

युके, ब्रुनाईलगायतका देशमा रोजगारीका लागि जानेबाट प्राप्त सहयोग, सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट आएको बजेटले विहार  निर्माण पूरा भएको हो ।

विहार निर्माणका लागि गलकोट नगरपालिकाको रु १२ लाख, सांसद विकास कोषबाट रु १० लाख, गण्डकी प्रदेश सरकारबाट रु आठ लाख, वडा कार्यालयबाट तीन लाख प्राप्त भएको थियो । साथै रिघा घर भई देशविदेशमा रहनुभएकाबाट रु ८० लाख सहयोग प्राप्त भएको थियो ।

गुम्बालाई ध्यान तथा योगस्थलका रुपमा विकास गरी पर्यटकीय गतिविधि बढाउने उद्देश्य लिइएको गलकोट नगरपालिका–११ रिघाका वडाध्यक्ष डम्मर श्रीसको भनाइ छ ।

अग्लो डाँडामा रहेको विहार प्राकृतिक मनोरमको दृष्टिकोणलेसमेत महत्वपूर्ण छ । विहारको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गर्नुभएको छ । रासस