२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दृश्यम’ फ्यानका लागि खुसीको खबर, कोरियन रिमेक बन्दै



अ+ अ-

एजेन्सी । अजय देवगन र तब्बु स्टारर फिल्म ‘दृश्यम’ मुभिजको कोरियामा रिमेकको तयारी सुरु भएको छ । कान्स फिल्म फेस्टिभलमा यो घोषणा गरिएको हो । यससँगै दृश्यम फ्रेन्चाइजले स्वदेश तथा विदेशमा पनि पाइला टेक्ने भएको छ ।

कोरियन रिमेकमा अजयको क्यारेक्टर ‘प्यारासाइट’का संग कङ्ग होले खेल्ने छ छन् जसले ओस्कर २०२० मा उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको उपाधि जितेको थियो ।

दक्षिण कोरियामा रिमेक हुने यो पहिलो भारतीय फिल्म हुनेछ । यो भारतीय फिल्म उद्योगका लागि ठूलो गौरवको कुरा हुनेछ । हिन्दीमा बनेको दृश्यम २०१३ को मलयालम फिल्म दृश्यमको रिमेक हो । दृश्यमलाई अहिलेसम्म हिन्दीमा मात्र नभई कन्नड, तेलुगु र तमिलमा पनि रिमेक गरिएको छ । अहिलेसम्म फिल्मका सबै रिमेक सफल भएका छन् ।

‘दृश्यम’ भारतीय फिल्मको रिमेक भए पनि कोरियाली दर्शकलाई ध्यानमा राखी यसमा केही परिवर्तन गरिने छ । भारतीय उत्पादन कम्पनी पानोरमा स्टुडियो र वार्नर ब्रदर्सका पूर्व स्थानीय कोरियाली प्रमुख जे चोईको एन्थोलोजी स्टुडियोले रिमेकका लागि साइन अप गरेका छन् । साथै, प्यारासाइट अभिनेता संग कंग हो र निर्देशक किम जी ऊनले कोरियाली रिमेकको लागि साझेदारी गरेका छन् ।