• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

कला, संस्कृति, सम्पदाको लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहर राज्यको आँखा परेनछ– तोसिमा कार्की



काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरुमा आँखा नपरेको बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले सरकारको निति तथा कार्यक्रममा ललितपुरका कला, संस्कृति र सम्पदामा सरकारको आँखा नपुगेको बताउनुभएको हो ।

उहाँले मन्दिरहरुलाई तत्कालै पुन:निर्माण सम्पन्न हुनेगरी आगामी आर्थिक वर्षमा बजेटमा रकम विनियोजन गर्न माग गर्नुभयो । त्यसैगरी रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचीमा संलग्न गराउने विषय अगाडी बढाउन पनि उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कला, संस्कृति, सम्पदाको लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहर राज्यको आँखा परेनछ । आँखा परोस् पनि कसरी ०७२ सालको भूकम्पपछि पुन:निर्माणको काम सकियो भनेर पुन:निर्माण प्राधिकरण समेत विघटन भइसक्यो । तर बुङमतीको रातो मच्छिन्द्रनाथ र खोकनाको रुद्रायणी मन्दिर भने पुन:निर्माण कुर्दाकुर्दै जिर्ण भइसके । सरकारकै हाम्रो सम्पदा राम्रो सम्पदा पर्यटन गन्तव्य बिस्तार तथा पहिचान कार्यक्रम अन्तर्गत मन्दिरहरुलाई तत्कालै पुन:निर्माण सम्पन्न हुनेगरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरियोस् र रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचिमा संलग्न गराउने राष्ट्र गौरवको विषयलाई अगाडी बढाइयोस् ।’