• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान ★   सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन् ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन ★   टिप्ताला नाका खुलाउने तयारी

नख्खु–भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छ: मन्त्री ज्वाला



काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु–भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताउनुभएको छ ।

सोमवार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताउनु भयो । उहाँले अहिले काम निकै उपलब्धिमुलक रहेको भन्दै अब नख्खु—भैंसेपाटी क्षेत्रका बासिन्दाहरुले लामो समयसम्म धुलो र सास्ती व्यहोर्नु नपर्ने उल्लेख गर्नुभयो । उहाँले अबको एक हप्ताभित्र सडकखण्डको कालोपत्रे हुने पनि बताउनु भयो । उहाँले यसअघि सम्बन्धित निकायहरुसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले आफूले निरीक्षणका क्रममा चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सडकका बारेमा म भौतिक, पूर्वाधार तथा यातायातमन्त्री भइसकेपछि एउटा बहसको विषय थियो । यस भन्दा पहिला पनि त्यतिबेलाका मान्य मन्त्रीज्युले निरीक्षण गर्नुभएको थियो । यो २६ करोडको ठेक्का लागेको र पछिल्लो समयमा अलि धेरै चर्चा बहसको विषय थियो । म आउने बित्तिकै हाम्रो टिम बसेर यो सडकलाई चर्चामुक्त गरेर, चर्चामुक्त भनेको धुलो मुक्त गर्नु हो । त्यसका लागि छिटो भन्दा छिटो काम सम्पन्न गरेर कालोपत्रे गर्नुपर्ने अवस्था थियो ।

हामीले निरीक्षण गर्ने कुरामा हतार देखाएनौँ, हामीले मन्त्रालयबाट मातहतका निकायलाई निर्देशन गरेका थियौँ । सक्रियताकासाथ काम अहिले अघि बढेको छ । केही दिनमा मुल कामहरु सकिन्छ । जेठ महिना भित्र काम पूरा हुने अवस्था छ । अझै तिब्रताका साथ काम गरेर सम्पन्न गर्नुपर्नेछ । चाँडै काम सम्पन्न गर्न निर्देशन दिएका छौँ । काम छिटो हुने कुरा नै मुख्य कुरा हो । समन्वय भएको भए अझै छिटै हुन्थ्यो कतिपय ठाउँमा समन्वय नहुँदा हिजो ढिलो भयो । हामी समन्वय र सहजीकरणमा कमी हुन दिँदैनौँ । अब यहाँका जनता लामो समय धुलोमा हिँड्नुपर्ने र सास्ती व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछौँ ।’

मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरु निर्माणका लागि अन्तरमन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले बजेट प्रश्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताउनु भयो । उहाँले आगामी दिनमा अनुगमन र निरीक्षणको क्रमलाई तिब्रता दिने बताउनु भयो । उहाँले सरकारले महत्वपूर्ण सडकका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकतामा राख्ने बताउनु भयो ।

मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तिब्र गतिमा अघि बढेको आगामी वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि रोड एम्बुलेन्सको परिकल्पना गरेको बताउनु भयो ।