१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ । प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, जसपा र जनमतका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

नयाँ मन्त्रीको रुपमा नेपाली कांग्रेसबाट दाङ क्षेत्र नम्बर २(१)का राजु खनाल, जसपाबाट अहिर बाँके क्षेत्र नम्बर २ (१)का भण्डारीलाल अहिर र जनमत पार्टीबाट रुपन्देही ५ (२)का चन्द्रकेश गुप्ता नियुक्त हुने बताईएको छ ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीबाट धनबहादुर मास्की अर्थमन्त्री, लोसपाबाट सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् ।

यसअघि, मुख्यमन्त्री चौधरीले गत १५ वैशाखमा शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।