काठमाडौँ । सरकारले यही जेठ ५ मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने भएको छ ।
नीति तथा कार्यक्रममाथि आइतबारदेखि राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफल सुरु भएको थियो । प्रतिनिधिसभामा सत्तारुढ दल नेपाली कांंग्रेसका दुईसहित २० सांसदले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ भने राष्ट्रियसभामा पनि तीन सांसदले संशोधन प्रस्ताव गर्दा गराउनुभएको छ ।
प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा दिउँसो १ बजे बस्नेछ ।
गत जेठ ५ मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।