• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ?

बझाङमा हिमपहिरो, तीन जना बेपत्ता, दुई घाइते



फाईल फोटो

काठमाडौँ । बझाङको सुर्मा गाउँपालिका–२ को धानशेरामा हिमपहिरोमा परि तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

आइतबार बिहान धानशेरामा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

भण्डारीको अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने भएको छ ।

यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेका उनीहरु हिमपहिरोमा परेका हुन् । उनीहरुको परिचय भने खुलेको छैन ।