१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा हिमपहिरो, तीन जना बेपत्ता, दुई घाइते



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बझाङको सुर्मा गाउँपालिका–२ को धानशेरामा हिमपहिरोमा परि तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

आइतबार बिहान धानशेरामा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

भण्डारीको अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने भएको छ ।

यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेका उनीहरु हिमपहिरोमा परेका हुन् । उनीहरुको परिचय भने खुलेको छैन ।