• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

नीति तथा कार्यक्रममा देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको ओलीको टिप्पणी



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको टिप्पणी गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा भइरहेको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।”

देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको उहाँको भनाइ थियो ।

सरकारप्रतिको विश्वास, जनआकांक्षा सम्बोधनको ग्यारेन्टी, सरकारको मार्गचित्र नीति तथा कार्यक्रमले नै निर्धारण गर्ने भन्दै अध्यक्ष ओलीले त्यसअनुसार आफूले नपाएको बताउनुभयो ।