• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

कोलकातालाई १ रनले हराउँदै लखनउ आईपीएलको प्लेअफमा, कोलकाता बाहिरियो

KL Rahul (c) of Lucknow Super Giants congratulating team during match 68 of the Tata Indian Premier League between the Kolkata Knight Riders and the Lucknow Super Giants held at the Eden Gardens Stadium, Kolkata, on the 20th May 2023 Photo by: Tamal Das / SPORTZPICS for IPL

एजेन्सी । लखनउ सुपरजायन्ट्स इन्डियन प्रिमियर लिगको चालू सिजनको प्लेअफमा प्रवेश गरेको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकाताले टस जितेर पहिले बलिङ रोजेको थियो ।

लखनउले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो । जवाफमा केकेआरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो ।

कोलकातामाथिको जितसँगै क्रुणाल पाण्डेको नेतृत्वको टोली प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स पनि प्लेअफमा पुगिसकेका छन् ।

लखनउको यो जितसँगै कोलकाता नाइट राइडर्स प्लेअफ दौडबाट बाहिरिएको छ । कोलकाता चालू सिजनबाट बाहिरिने चौथो टोली बनेको छ । यसअघि पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद पनि प्लेअफको दौडबाट बाहिरिएका थिए ।

६८औँ खेलपछि अब प्लेअफमा एउटा स्थान खाली छ । बैंगलोर, मुम्बई र राजस्थान यस स्थानका लागि दौडमा छन् ।

केकेआरलाई अन्तिम ओभरमा २१ रन चाहिएको थियो । पहिलो बलमा एक रन आयो । अर्को बल वाइड थियो । दोस्रो बल डट थियो । ग्यापको तेस्रो बललाई रिंकु सिंहले बाउन्ड्रीतर्फ धकेले तर उनले कुनै रन लिन सकेनन्, यहाँ सजिलै २ रन लिन सकिन्थ्यो ।

३ बलमा १९ रन आवश्यक थियो, अर्को बल वाइड थियो । रिंकुले चौथो बलमा छक्का, पाँचौं बलमा चौका र अन्तिम बलमा एक छक्का प्रहार गरे । अन्तिम ३ बलमा १६ रन बनाए पनि केकेआर १ रनले पराजित भयो । तेस्रो बलमा रिंकुले २ रन लिएको भए उनको टोलीले जित्ने थियो ।

१७७ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा कप्तान नितिश राणाले १० बलमा ८, आन्द्रे रसेलले ९ बलमा ७, रहमानउल्लाह गुरबाजले १५ बलमा १० र शार्दुल ठाकुरले ७ बलमा ३ रन बनाए । चारै खेलाडी ब्याटिङका ​​लागि चिनिन्छन् तर ठूलो रनको लक्ष्यमा १३ बल खेलेका थिए । यी डट बलहरूले जित र हार बीचको फरक बनायो ।

पहिलो इनिङ्समा लखनउले ७३ रनमा ५ विकेट गुमाएको थियो । यहाँबाट निकोलस पूरनले मात्र ३० बलमा ५८ रन बनाएर आफ्नो टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए ।

लखनउका लागि पहिले ब्याटिङमा निकोलस पूरनले ३० बलमा ५८ रन बनाए । क्विन्टन डी ककले २८, प्रेराक माङ्कडले २६ र आयुष बडोनीले २५ रनको योगदान दिए । कोलकाताका वैभव अरोरा, शार्दुल ठाकुर र सुनिल नारायणले २–२ विकेट लिए ।

जवाफमा कोलकाताका ओपनर जेसन रोयले ४५ रनको इनिङ खेले । रिंकु सिंहले ३३ बलमा अविजित ६७ रन बनाए भने वेंकटेश अय्यरले १५ बलमा २४ रनको योगदान दिए । लखनउका रवि बिश्नोई र यश ठाकुरले २–२ विकेट लिए ।