२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससका पूर्वअध्यक्ष वाग्ले र कार्यकारी सम्पादक बस्नेत सम्मानित



अ+ अ-

दमौली । राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत गृह जिल्लामा पुरस्कृत हुनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले अधिवेशनको अवसर पारेर उहाँहरुलाई आज सम्मान गरेको हो ।

शाखाको आज आयोजित अधिवेशनका अवसरमा पूर्वअध्यक्ष वाग्लेलाई ‘बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ ।

त्यस्तै राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्युरो प्रमुख बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि पनि रु १० हजार रहेको छ ।

यस्तै गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १० हजार रहेको छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले उहाँहरुलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । अधिवेशनले युनियनको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष अमरराज नहर्कीले जानकारी दिनुभयो । रासस




भर्खरै