३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

आईपीएलः धर्मशालामा पहिलो पटक पञ्जाव र राजस्थान भिड्दै

आईपीएलः धर्मशालामा पहिलो पटक पञ्जाव र राजस्थान भिड्दै
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ६६ औं खेल पञ्जाव किंग्स र राजस्थान रोयल्सबीच हुँदैछ ।

खेल धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो पटक धर्मशाला मैदानमा आमनेसामने हुँदैछन् ।

पञ्जावले यो सिजन अहिलेसम्म १३ खेल खेलेको छ । जसमा उसले छ जित र सात खेलमा हार बेहोरेको छ । टोलीको हाल १२ अंक छ । राजस्थानविरुद्धको टोलीका ४ विदेशी खेलाडी लियाम लिभिङस्टोन, साम करन, कागिसो रबाडा र नाथन एलिस हुन सक्छन् । यी बाहेक शिखर धवन, जितेश शर्मा र अर्शदीप सिंह जस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

राजस्थानले यो सिजन अहिलेसम्म खेलेका १३ खेलमध्ये ६ मा जित र ७ मा हार बेहोरेको छ । टोलीको १२ अंक छ । पञ्जावविरुद्धको टोलीका ४ विदेशी खेलाडी जोस बटलर, जो रुट, शिमरोन हेटमायर र एडम जाम्पा हुन सक्छन् । यिनीहरुका अलावा यशस्वी जैसवाल, युजवेन्द्र चहल र सञ्जु सामसनले टिमका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने पञ्जाव र राजस्थानबीच हालसम्म जम्मा २५ खेल खेलिएको छ । यी १४ खेलमा राजस्थान र ११ खेल पञ्जावले जितेको छ ।

धर्मशालाको पिचमा नयाँ बल फास्ट बलरका लागि स्विङ हुने सम्भावना छ । यस मैदानमा ब्याट्सम्यानहरू रन बनाउन प्रायः संघर्ष गरिरहेको देखिन्छ । साथै, यो मैदान बलरका लागि उपयोगी साबित हुन्छ । तर यहाँको अन्तिम खेलमा दिल्ली क्यापिटल्सले २१४ रन बनाएको थियो, जवाफमा पञ्जाव पनि २०० रनको नजिक पुगेको थियो । यस्तो अवस्थामा आज पनि हाई स्कोरिङ म्याच देख्न सकिन्छ ।

शुक्रबार धर्मशालाको मौसम सफा रहनेछ । पानी पर्ने सम्भावना छैन । तापक्रम २३ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
पञ्जाव किंग्सः शिखर धवन (कप्तान), अथर्व तायडे, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकिपर), साम करन, हरप्रीत ब्रार, शाहरुख खान, राहुल चाहर, कागिसो रबाडा, नाथन एलिस र अर्शदीप सिंह ।

राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान / विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, जो रुट, ध्रुव जुरेल, शिमरोन हेटमायर, आर अश्विन, एडम जाम्पा, सन्दीप शर्मा, केएम आसिफ र युजवेन्द्र चहल ।