• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन ★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत

आईपीएलः धर्मशालामा पहिलो पटक पञ्जाव र राजस्थान भिड्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ६६ औं खेल पञ्जाव किंग्स र राजस्थान रोयल्सबीच हुँदैछ ।

खेल धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो पटक धर्मशाला मैदानमा आमनेसामने हुँदैछन् ।

पञ्जावले यो सिजन अहिलेसम्म १३ खेल खेलेको छ । जसमा उसले छ जित र सात खेलमा हार बेहोरेको छ । टोलीको हाल १२ अंक छ । राजस्थानविरुद्धको टोलीका ४ विदेशी खेलाडी लियाम लिभिङस्टोन, साम करन, कागिसो रबाडा र नाथन एलिस हुन सक्छन् । यी बाहेक शिखर धवन, जितेश शर्मा र अर्शदीप सिंह जस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

राजस्थानले यो सिजन अहिलेसम्म खेलेका १३ खेलमध्ये ६ मा जित र ७ मा हार बेहोरेको छ । टोलीको १२ अंक छ । पञ्जावविरुद्धको टोलीका ४ विदेशी खेलाडी जोस बटलर, जो रुट, शिमरोन हेटमायर र एडम जाम्पा हुन सक्छन् । यिनीहरुका अलावा यशस्वी जैसवाल, युजवेन्द्र चहल र सञ्जु सामसनले टिमका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने पञ्जाव र राजस्थानबीच हालसम्म जम्मा २५ खेल खेलिएको छ । यी १४ खेलमा राजस्थान र ११ खेल पञ्जावले जितेको छ ।

धर्मशालाको पिचमा नयाँ बल फास्ट बलरका लागि स्विङ हुने सम्भावना छ । यस मैदानमा ब्याट्सम्यानहरू रन बनाउन प्रायः संघर्ष गरिरहेको देखिन्छ । साथै, यो मैदान बलरका लागि उपयोगी साबित हुन्छ । तर यहाँको अन्तिम खेलमा दिल्ली क्यापिटल्सले २१४ रन बनाएको थियो, जवाफमा पञ्जाव पनि २०० रनको नजिक पुगेको थियो । यस्तो अवस्थामा आज पनि हाई स्कोरिङ म्याच देख्न सकिन्छ ।

शुक्रबार धर्मशालाको मौसम सफा रहनेछ । पानी पर्ने सम्भावना छैन । तापक्रम २३ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
पञ्जाव किंग्सः शिखर धवन (कप्तान), अथर्व तायडे, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकिपर), साम करन, हरप्रीत ब्रार, शाहरुख खान, राहुल चाहर, कागिसो रबाडा, नाथन एलिस र अर्शदीप सिंह ।

राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान / विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, जो रुट, ध्रुव जुरेल, शिमरोन हेटमायर, आर अश्विन, एडम जाम्पा, सन्दीप शर्मा, केएम आसिफ र युजवेन्द्र चहल ।