२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा टिपरको ठक्करबाट एक जनाको मृत्यु



अ+ अ-
त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको छ भने उहाँको छोरा निरज घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो । उहाँको छोरा २० वर्षीय निरजको हातखुट्टासहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेकाले अवस्था गम्भीर छ । उहाँको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–२९प ५७५८ नं को मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१–ख २५८४ नं को टिपरले बेलकोटगढी नगरपालिका–७ ठूलोखोलामा आज बिहान १० बजेको समयमा ठक्कर दिएको हो । ठक्कर दिने टिपर र त्यसका चालकलाई कारबाहीका लागि नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।