६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसद धेरै भएपछि नियमावलीको नियम ‘निलम्बन’



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने सांसद संख्या धेरै भएपछि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ एक दिनका लागि निलम्बन गरिएको छ ।

उक्त उपनियममा प्रधानमन्त्रीलाई एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न सोध्न पाउने व्यवस्था रहेकोले विशेष परिस्थिका कारण आजको एउटा बैठकका लागि मात्रै प्रतिनिधिसभाले सो नियम निलम्बन गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ निलम्बनको प्रस्ताव गर्नुभएको थियो । नेकपा (एमाले) का सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले सो नियम निलम्बनको समर्थन गर्नुभएको थियो । सो नियम निलम्बनको प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेपछि प्रधामन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।

साना दल तथा स्वतन्त्र सांसदहरुले समेत प्रश्न सोध्न पाउनुपर्ने माग गरेसँगै प्रश्न सोध्ने सांसद संख्या धेरै भएपछि नियमावलीको नियम एक दिनका लागि सभाले निलम्बन गरेको हो ।