• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार ★   त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा पोखरेल ★   गोरखामा रोट महोत्सव हुने ★   वर्षाले केही घट्यो वायु प्रदूषण ★   हल्का वर्षा पछि कस्तो छ वायु प्रदूषणको अबस्था ★   काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार ★   काँग्रेस जिम्मेवार प्रतिपक्ष बनोस्, म माथि संसदीय समिति बनाउनुपर्ने स्पष्ट आधार छैनः गृहमन्त्री ★   काँग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन: एमाले ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने काँग्रेसको अडान कायमै ★   अमेरिकामा प्रथम विद्वत् धर्मसभा !

नक्कली शरणार्थी प्रकरण : पाँच कसुर आकर्षित हुने



file photo

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्म अनुसन्धान ‘संगठित अपराध’सम्बन्धी कसुरमा गरिरहेको छ ।

सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रुपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधनमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट अनुमति मागेको छ । अदालतले सहमति दिएपछि हालसम्मको अनुसन्धान संगठित अपराधकै सन्दर्भमा भइरहेको छ ।

आजको नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार यो प्रकरणमा संलग्नता पाइएकाहरुमाथि झण्डै पाँच कसुर आकर्षित हुनसक्ने अनुसन्धान अधिकारीहरु बताउँछन् । जसमा अनुसन्धान भइरहेको ठगीसम्बनधी कसुर, संगठित अपराधसम्बन्धी कसुर, राज्यविरुद्धको कसुर र लिखतसम्बन्धी (कीर्ते) कसुर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट नै चलाउन सकिने देखिएको छ । जसको अनुसन्धान र तहकिकातका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाउन सकिने प्रावधान रहेको जानकार बताउँछन् । अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमार्फत् मुद्दा चलाउन सक्छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले यस प्रकरणमा दोषी पाइएकाहरुमाथि पाँच वटै कसुरमा मुद्दा चलाउन सकिने व्यवस्था रहेको बताउँछन् । ‘अहिलेसम्म त हामीलाई अनुसन्धानको प्रतिवेदन आइसकेको छैन । आएपछि विस्तृतमा अध्ययन गरेपछि कुन मुद्दा चलाउने भन्ने निर्णयमा पुग्छौँ, उहाँले भन्नुभयो, अहिलेहसम्म पाँच वटा कसुर आकर्षित हुने देखेका छौँ । तीमध्ये चारवटामा त हामीले नै अभियोजन गरेर मुद्दा दायर गर्न सकिने अवस्था छ ।’

कुन कसुरमा मुद्दा चलाउने भन्ने कुरा प्रहरीले दिने प्रतिवेदनबाट निक्र्योल गरिने न्यौपानेले बताए ।