१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शरणार्थी प्रकरण : पाँच कसुर आकर्षित हुने



file photo
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्म अनुसन्धान ‘संगठित अपराध’सम्बन्धी कसुरमा गरिरहेको छ ।

सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रुपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधनमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट अनुमति मागेको छ । अदालतले सहमति दिएपछि हालसम्मको अनुसन्धान संगठित अपराधकै सन्दर्भमा भइरहेको छ ।

आजको नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार यो प्रकरणमा संलग्नता पाइएकाहरुमाथि झण्डै पाँच कसुर आकर्षित हुनसक्ने अनुसन्धान अधिकारीहरु बताउँछन् । जसमा अनुसन्धान भइरहेको ठगीसम्बनधी कसुर, संगठित अपराधसम्बन्धी कसुर, राज्यविरुद्धको कसुर र लिखतसम्बन्धी (कीर्ते) कसुर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट नै चलाउन सकिने देखिएको छ । जसको अनुसन्धान र तहकिकातका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाउन सकिने प्रावधान रहेको जानकार बताउँछन् । अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमार्फत् मुद्दा चलाउन सक्छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले यस प्रकरणमा दोषी पाइएकाहरुमाथि पाँच वटै कसुरमा मुद्दा चलाउन सकिने व्यवस्था रहेको बताउँछन् । ‘अहिलेसम्म त हामीलाई अनुसन्धानको प्रतिवेदन आइसकेको छैन । आएपछि विस्तृतमा अध्ययन गरेपछि कुन मुद्दा चलाउने भन्ने निर्णयमा पुग्छौँ, उहाँले भन्नुभयो, अहिलेहसम्म पाँच वटा कसुर आकर्षित हुने देखेका छौँ । तीमध्ये चारवटामा त हामीले नै अभियोजन गरेर मुद्दा दायर गर्न सकिने अवस्था छ ।’

कुन कसुरमा मुद्दा चलाउने भन्ने कुरा प्रहरीले दिने प्रतिवेदनबाट निक्र्योल गरिने न्यौपानेले बताए ।