• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   भोटेकोशीको ढलानमा पुरिएका दुई मजदुरको शव फेला ★   वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान ★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर

दिल्लीसँग १५ रनले पराजित भएको पन्जाब प्लेअफको रेसबाट बाहिरियो



एजेन्सी । पन्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को ६४ औं खेलमा दिल्ली क्यापिटल्ससँग १५ रनले पराजित भएको छ ।

इंग्लिस ब्याटर लियाम लिभिङस्टोनको सानदार ब्याटिङका बाबजुद पनि हार बेहोरेको पन्जाब प्लेअफको रेसबाट बाहिरिएको छ । पन्जाब प्लेअफमा पुग्न अन्तिम खेलमा फराकिलो जितका साथै बेंगलोर, कोलकाता र मुम्बईले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ ।

जितको लागि २ सय १४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन मात्र बनायो । पन्जाबको लागि लिभिङस्टोनले ४८ बलमा ५ चौका र ९ छक्कासहित सर्वाधिक ९४ रन बनाए । त्यस्तै अथर्व टाडेले ४२ बलमा ५ चौका र २ छक्कासहित ५५ रनमा आउट भएका थिए । पन्जाबका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

सुस्त सुरुवात पन्जाबको लागि भारी पर्यो ।पन्जाबले सुरुवाती तीन ओभरमा १० रन मात्रै बनाएको थियो । पन्जाबका ओपनर प्रभसिम्रन १९ बलमा ४ चौकासहित २२, शाहरुख खान ६, साम करन ११, शिखर धवन, जितेश शर्मा र हरप्रीत ब्रार डक आउट भएका थिए ।

दिल्लीका ईशान शर्मा र एनरिच नोर्कियाले समान दुई विकेट लिए । खलिल अहमद र अक्षर पटेलले समान एक विकेट लिए ।

त्यसअघि हिमान्चल प्रदेशको धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । दिल्लीको जितमा राइली रोसोउ ३७ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८२ रनमा नटआउट रहँदै प्लेयर अफ द म्याच चुनिए ।

दिल्लीलाई ओपनर पृथ्वी शा र डेविड वार्नरले पहिलो विकेटका लागि १०.२ ओभरमा ९४ रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । साम करनको बलमा वार्नर शिखर धवनबाट ४६ रनमा क्याच आउट भएपछि उनीहरुको साझेदारी तोडिएको थियो। वार्नरले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

पृथ्वी शा ३८ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । तेस्रो विकेटका लागि फिलिप साल्ट र रोसोयले ५ ओभरमा ६५ रनको अविजित साझेदारी गरेका थिए ।

पन्जाबका साम करनले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

पन्जाब १३ खेलमा ६ मा जित र ७ मा हारसहित १२ अंकका साथ आठौं स्थानमा छ । पन्जाबले अन्तिम खेल शुक्रबार राजस्थान रोयल्ससँग खेल्नेछ । दिल्लीले अन्तिम खेल शनिबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।