३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीसँग १५ रनले पराजित भएको पन्जाब प्लेअफको रेसबाट बाहिरियो



अ+ अ-

एजेन्सी । पन्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को ६४ औं खेलमा दिल्ली क्यापिटल्ससँग १५ रनले पराजित भएको छ ।

इंग्लिस ब्याटर लियाम लिभिङस्टोनको सानदार ब्याटिङका बाबजुद पनि हार बेहोरेको पन्जाब प्लेअफको रेसबाट बाहिरिएको छ । पन्जाब प्लेअफमा पुग्न अन्तिम खेलमा फराकिलो जितका साथै बेंगलोर, कोलकाता र मुम्बईले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ ।

जितको लागि २ सय १४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन मात्र बनायो । पन्जाबको लागि लिभिङस्टोनले ४८ बलमा ५ चौका र ९ छक्कासहित सर्वाधिक ९४ रन बनाए । त्यस्तै अथर्व टाडेले ४२ बलमा ५ चौका र २ छक्कासहित ५५ रनमा आउट भएका थिए । पन्जाबका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

सुस्त सुरुवात पन्जाबको लागि भारी पर्यो ।पन्जाबले सुरुवाती तीन ओभरमा १० रन मात्रै बनाएको थियो । पन्जाबका ओपनर प्रभसिम्रन १९ बलमा ४ चौकासहित २२, शाहरुख खान ६, साम करन ११, शिखर धवन, जितेश शर्मा र हरप्रीत ब्रार डक आउट भएका थिए ।

दिल्लीका ईशान शर्मा र एनरिच नोर्कियाले समान दुई विकेट लिए । खलिल अहमद र अक्षर पटेलले समान एक विकेट लिए ।

त्यसअघि हिमान्चल प्रदेशको धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । दिल्लीको जितमा राइली रोसोउ ३७ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८२ रनमा नटआउट रहँदै प्लेयर अफ द म्याच चुनिए ।

दिल्लीलाई ओपनर पृथ्वी शा र डेविड वार्नरले पहिलो विकेटका लागि १०.२ ओभरमा ९४ रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । साम करनको बलमा वार्नर शिखर धवनबाट ४६ रनमा क्याच आउट भएपछि उनीहरुको साझेदारी तोडिएको थियो। वार्नरले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

पृथ्वी शा ३८ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । तेस्रो विकेटका लागि फिलिप साल्ट र रोसोयले ५ ओभरमा ६५ रनको अविजित साझेदारी गरेका थिए ।

पन्जाबका साम करनले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

पन्जाब १३ खेलमा ६ मा जित र ७ मा हारसहित १२ अंकका साथ आठौं स्थानमा छ । पन्जाबले अन्तिम खेल शुक्रबार राजस्थान रोयल्ससँग खेल्नेछ । दिल्लीले अन्तिम खेल शनिबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।