• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

साविक विजेता रियल म्याड्रिडमाथि सानदार जित निकाल्दै सिटी फाइनलमा



एजेन्सी । युइएफए च्याम्पियन्स लिगको १४ पल्टको च्याम्पियन तथा साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा ४–० तथा समग्रमा ५–१ को जित निकाल्दै सिटीले च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिदा दोस्रो लेगमा सिटीले आफ्नै मैदानमा एकपक्षीय प्रदर्शन गर्दै उपाधि नजिक पुगेको हो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा बुधबार राति भएको खेलमा सिटीको जितमा बर्नाडो सिल्भाले सर्वाधिक दुई गोल गरे । यस्तै, म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे । सिटीले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो ।

खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएका थिए । उनी केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भए । ३७औं मिनेटमा सिल्भाले दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि बढ्यो ।

७६औं मिनेटमा म्यानुयल एकान्जीले गोल गरेपछि सिटी सहज जिततर्फ अघि बढ्यो । उनको प्रहार एडर मिलिसाओलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी अल्भारेजले गोल गर्दै सिटीलाई सानदार जितसहित फाइनलमा पुर्‍याए ।

८९औं मिनेटमा हालान्डको स्थानमा मैदान छिरेका अल्भारेजले अर्को परिवर्तित खेलाडी फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए । सिटीले घरेलु मैदानमा सानदार प्रदर्शन गर्दा कीर्तिमानी १४ पल्टको च्याम्पियन रियल म्याड्रिडको प्रदर्शन भने बिर्सनलायक बन्दा लज्जास्पद हार बेहोर्न पुग्यो ।

दोस्रो हाफको शुरुमा सिटीलाई दवावमा राखेपनि गोलरक्षक एडर्सन मोराएसले करिम बेन्जेमा र डेभिड अलाबाको प्रहारलाई बचाउँदा र तेस्रो गोल खाएपछि रियलको खेल हातबाट फुत्कएिको थियो ।

सिटीले यसअघिको दुई संस्करणको सेमिफाइनलमा रियलसँगै पराजित हुँदा यसपटक सिटीले त्यो गल्तीलाई दोहोर्‍याएन । सिटी दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि सिटी सन् २०२०–२१ को सिजनमा फाइनलमा पुगेपनि चेल्सीसँग पराजित हुन पुगेको थियो ।

अब सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । टर्कीको इस्तानबुलमा हुने फाइनलमा इन्टरलाई हराएर सिटी च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा इन्टर १३ वर्षपछि च्याम्पियन बन्ने योजनामा हुनेछ ।

इन्टरसँग च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि सिटी प्रिमियर लिग र एफए कपको उपाधि नजिक छ । सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

तीन उपाधि जिते सिटी ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब हुनेछ । यसअघि म्यानचेस्टर युनाइटेडले पहिलो पटक ट्रेबल जितेको थियो ।