• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

सरकारी कर्मचारीको संगठन नबनाउने राप्रपाको घोषणा, यस्ता छन् अन्य निर्णयहरु



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ ।

जेठ १ गतेबाट बसेको केन्द्रीय समितिको बैठकले सरकारी तलब भत्ता खाने कर्मचारीको संगठन नबनाउने निर्णय गरेको प्रवक्ता सगुन लावतीले जानकारी दिए । त्यस्तै राप्रपाले विद्यार्थी संगठनलाई गैर राजनीतिक बनाउने निर्णय पनि गरेको छ ।

यस्तै, राप्रपाले पार्टीका हरेक समिति र तहहरूमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने बताएको छ ।

यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणदेखि क्यान्टोनमेन्ट, ललिता निवास, एनसेल प्रकरण, वाइडबडी काण्डलगायत भ्रष्टाचारको छानबिन गर्न राप्रपाको माग छ ।

साथै, २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न समेत माग गरेको छ ।

बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र कोषाध्यक्ष निलकण्ठ काफ्लेले पेश गरेको प्रतिवेदन पनि पारित गरेको छ ।