• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

बुर्तिबाङमा मङ्गलबारदेखि हराएका व्यक्ति मृत फेला



(सांकेतिक तस्बिर)
ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला पर्नुभएको हो ।
तारीखेत छोरीको घरमा बस्दै आउनुभएका अदै मङ्गलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो । साँझ नै परिवारले खोजी गरे पनि नभेटिएको तर बिहान करिब ६ बजेको समयमा घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिनुभयो ।
अदैको कसरी मृत्यु भएको भन्ने बारेमा अहिलेसम्म यकिन नभएको भन्दै अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिनुभयो । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।