९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीलाई नछुटाए देशमा आगो बल्ने एलिजाको चेतावनी



अ+ अ-

काठमाडौँ । पत्रकार ऋषि धमलाकी पत्नी, अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टी नेतृ एलिजा गौतमले धम्कीपूर्ण अभिव्यक्ति दिएकी छन् ।

गत वर्षमात्रै नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रवेश गरेकी उनले पार्टीका संरक्षक रेशम चौधरीलाई मंगलबार सर्वोच्च अदालतले उच्च अदालत, दिपालयले गरेको जन्मकैदको फैसलालाई नै सदर गरेपछि अदालतप्रति लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएकी हुन् ।

‘१० वर्ष भयो । अब न्याय पाइन्छ भन्ने विश्वास थियो । तर, पाएनौं । अब हामी चुप लागेर बस्दैनौं । अब हामी सडकमा उत्रिएर न्याय माग्छौं । उहाँ (रेशम चौधरी) नछुटेसम्म हामी आन्दोलन गरि राख्छौं । देशव्यापी आन्दोलन हुन्छ । यदि रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ,’ उनले चेतावनी दिइन् । साथै रेशम चौधरीको रिहाइमा जुनसुकै खालको आदोलन हुने उनको भनाई छ ।

रेशम चौधरी छुट्ने विश्वासमा आफूले फूलमाला लिएर आएको तर अदालतले गलत निर्णय गरेको भन्दै उनले अब सहन नसक्ने बताइन् । ‘उहाँले न्याय पाउनु पर्थ्यो । निर्दोष व्यक्ति थुनामा हुनुहुन्छ । आज राम्रो समाचार आउँछ भनेर हामी फूलमाला लिएर आएका थियौं । तर, एकदमै गलत निर्णय भयो । एउटा निर्दोष व्यक्ति फसेको ९/१० वर्ष भयो । अब कति सहने ?,’ एलिजाले भनिन् ।

उनले सञ्चारकर्मीसँगको कुराकानीमा रेशम चौधरी निर्दोष रहेको मात्र पटक–पटक दोहोर्याएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । उक्त विधेयक संसद्बाट पास हुनुअघि नै अदालतले दोषी ठहर हुने फैसला गरेको हो ।