२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: दिल्लीलाई हराउदै प्लेअफको सम्भावना कायम राख्ने पन्जाबको लक्ष्य



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल)मा आज दिल्ली क्यापिटल्स र पन्जाब किंग्स भिड्दैछन् ।

धर्मशालामा रहेको एचपीसीए क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजेबाट सुरु हुनेछ । एचपीसीए क्रिकेट स्टेडियममा २०१३ पश्चात आज पहिलो पटक आइपीएल खेल हुदैछ ।

पन्जाब दिल्लीलाई पराजित गर्दै २०१४ पछि पहिलो पटक प्लेअफ प्रवेशको सम्भावना कायमै राख्न चाहन्छ। यता दिल्ली भने प्लेअफको रेसबाट बाहिरीसकेको छ । आजको खेलमा पराजित भएमा पन्जाब प्रतियोगिताबाट बाहिरिने तेस्रो टिम बन्नेछ ।

आफ्नो अन्तिम खेलमा पन्जाबले दिल्लीलाई ३१ रनले पराजित गरेको थियो । दिल्ली आज पन्जाबलाई हराउदै उक्त खेलको बदला लिन चाहन्छ।

पञ्जाब किंग्सले १२ खेलमा ६मा जित र ६मा हारसहित १२ अंकको साथ अंक तालिकाको आठौं स्थानमा रहदा दिल्ली १२ खेलमा चार खेल जितेर अंक तालिकाको अन्तिममा छ। यी दुई टोलीले आइपीएलमा हालसम्म ३१ पटक आमनेसामने गरेका छन् । जसमा पन्जाबले १६ खेल जितेको छ भने दिल्लीले १५ खेल जितेको छ।

पञ्जाब किंग्सको सम्भावित प्लेइङ– ११

शिखर धवन (कप्तान), शाहरुख खान, साम करन, सिकन्दर रजा, आर धवन, एलएस लिभिङस्टोन, पी सिमरन सिंह, जेएम शर्मा (विकेटकीपर), आरडी चाहर, हरप्रीत ब्रार, अर्शदीप सिंह ।

दिल्ली क्यापिटल्सको सम्भावित प्लेइङ– ११

डेभिड वार्नर (कप्तान), आरआर रोसो, अमन हाकिम खान, अक्षर पटेल, पी दुबे, एमआर मार्श, पीडी साल्ट (विकेटकीपर), केके अहमद, केएल यादव, मुकेश कुमार, इशान्त शर्मा ।

 




भर्खरै