• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

आइपीएल: दिल्लीलाई हराउदै प्लेअफको सम्भावना कायम राख्ने पन्जाबको लक्ष्य



काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल)मा आज दिल्ली क्यापिटल्स र पन्जाब किंग्स भिड्दैछन् ।

धर्मशालामा रहेको एचपीसीए क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजेबाट सुरु हुनेछ । एचपीसीए क्रिकेट स्टेडियममा २०१३ पश्चात आज पहिलो पटक आइपीएल खेल हुदैछ ।

पन्जाब दिल्लीलाई पराजित गर्दै २०१४ पछि पहिलो पटक प्लेअफ प्रवेशको सम्भावना कायमै राख्न चाहन्छ। यता दिल्ली भने प्लेअफको रेसबाट बाहिरीसकेको छ । आजको खेलमा पराजित भएमा पन्जाब प्रतियोगिताबाट बाहिरिने तेस्रो टिम बन्नेछ ।

आफ्नो अन्तिम खेलमा पन्जाबले दिल्लीलाई ३१ रनले पराजित गरेको थियो । दिल्ली आज पन्जाबलाई हराउदै उक्त खेलको बदला लिन चाहन्छ।

पञ्जाब किंग्सले १२ खेलमा ६मा जित र ६मा हारसहित १२ अंकको साथ अंक तालिकाको आठौं स्थानमा रहदा दिल्ली १२ खेलमा चार खेल जितेर अंक तालिकाको अन्तिममा छ। यी दुई टोलीले आइपीएलमा हालसम्म ३१ पटक आमनेसामने गरेका छन् । जसमा पन्जाबले १६ खेल जितेको छ भने दिल्लीले १५ खेल जितेको छ।

पञ्जाब किंग्सको सम्भावित प्लेइङ– ११

शिखर धवन (कप्तान), शाहरुख खान, साम करन, सिकन्दर रजा, आर धवन, एलएस लिभिङस्टोन, पी सिमरन सिंह, जेएम शर्मा (विकेटकीपर), आरडी चाहर, हरप्रीत ब्रार, अर्शदीप सिंह ।

दिल्ली क्यापिटल्सको सम्भावित प्लेइङ– ११

डेभिड वार्नर (कप्तान), आरआर रोसो, अमन हाकिम खान, अक्षर पटेल, पी दुबे, एमआर मार्श, पीडी साल्ट (विकेटकीपर), केके अहमद, केएल यादव, मुकेश कुमार, इशान्त शर्मा ।