• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको शालिकमा माल्यार्पण– तस्बिरहरु



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको शालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो ।

मदन भण्डारीकी धर्मपत्नीसमेत रहनुभएकी पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसका अवसरमा तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गर्नुभएको थियो । यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत अवलोकन गर्नुभएको छ ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।