२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय मामिलामन्त्री मोदीले पिएलाई बनाए प्रतिष्ठानको कार्यकारी निर्देशक



अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफ्ना प्रमुख स्वकीय सचिवलाई मन्त्रालयअन्तर्गतको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्ति दिलाएका छन् । मन्त्री मोदीको प्रस्तावमा मन्त्रिपरिषद्को गत १४ चैतको बैठकले प्रतिष्ठानको कार्यकारी निर्देशकमा कानुनलाल चौधरीलाई नियुक्त गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधि र राजपत्र अनंकित कर्मचारीलाई प्रशिक्षण दिने प्रतिष्ठानमा यस विषयमा अनुभव तथा सम्बन्ध नभएका चौधरीलाई प्रमुख कार्यकारी निर्देशक भएका छन् । संघीय मामिलामन्त्रीमा नियुक्त भएलगत्तै मोदीले चौधरीलाई उपस्वकीय सचिवमा नियुक्त गरेका थिए ।

पाँच वर्षको कार्य अवधि हुने प्रतिष्ठानको प्रमुखलाई सरकारले चाहेमा पुनः बढीमा दुई वर्षको म्याद थप गरिदिन सक्छ । स्थानीय विकास कार्यसँग सम्बन्धित स्थानीय तहका व्यक्तिका लागि आवश्यक पर्ने प्रशिक्षणको व्यवस्था गर्ने उद्देश्य बोकेको प्रतिष्ठानमा विषयविज्ञ र अनुभवीलाई प्राथमिकता नदिई राजनीतिक पहुँचका आधारमा चौधरीले नियुक्ति पाएका हुन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ को दफा १२ मा नेपाल सरकारले प्रशिक्षणसम्बन्धी काममा विशेष अनुभव प्राप्त व्यक्तिलाई कार्यकारी निर्देशकको पदमा नियुक्त गर्न वा तोक्न व्यवस्था छ । यसमा चौधरीको अनुभव छैन । तर, उनले विशिष्ट श्रेणीबराबरको तलब सुविधा हुने गरी प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त पाएका छन् । कार्यकारी निर्देशक चौधरीले भने आफू प्रक्रियाबमोजिम नै नियुक्त भएको बताए । ‘मेरो योग्यता पुगेको छ,’ उनले भने ।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने योग्यतालगायत सबै प्रक्रिया पुगेरै उनको नियुक्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको बताए । ‘यो नेपाल सरकारले गरेको निर्णय हो,’ उनले भने ।-यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।




भर्खरै