२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस रूपान्तरण अभियान घोषणा



Nepali Congress
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान घोषणा गरेका छन् । कांग्रेसका युवा नेताहरूले आज पत्रकार सम्मेलन गरी देशभरका सातै प्रदेशमा कांग्रेस रूपान्तरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसभित्रको कमी कमजोरीबाट फाइदा उठाएर देशको राजनीतिमा उग्र वामपन्थी र दक्षिणपन्थी शक्तिको उदय भएकाले रूपान्तरण अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रूपान्तरणको सम्भावना नभएकाले आफूहरूले पार्टीलाई समयसापेक्ष रूपान्तरण गर्न उक्त अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । कांग्रेसभित्र नैतिक शक्तिको क्षय भएकाले आफूहरूले राजनीतिलाई नैतिक शक्तिसँग जोड्न अभियान चलाएको उहाँको भनाइ थियो ।

केन्द्रीय सदस्य आचार्यले कांग्रेस रूपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो ।

कांग्रेसको उक्त अभियान जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौँ, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौँमा हुने आचार्यले बताउनुभयो ।

पत्रकार सम्मेलनमा कांग्रेस युवा नेता गुरुराज घिमिरे, रञ्जित कर्ण, भूपेन्द्रजङ्ग शाहीलगायतको उपस्थिति रहेको थियो । रासस