२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर भएन: एमाले सचेतक गिरी



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मुुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर नभएको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ ? त्यसको जानकारी दिनुपर्ने बताउनु भयो।

उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजानको लागि सरकारले गरिरहेका कामको बारेमा जनतालाई यथार्थ जानकारी दिन माग गर्नुभयो। उहाँले सरकारले अर्थतन्त्र मन्दीको स्थितिमा जाँदा समेत गम्भिर हुन नसक्ने राम्रो नभएको बताउनु भयो। उहाँले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा अर्थमन्त्रीलाई बोलाएर समितिमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो।
उहाँले भन्नुभयो,‘ मुलुकको व्यापार व्यवसाय चौपट स्थितिमा छ । आम नागरिक एकदमै अत्यास लाग्दो अवस्थाबाट गुज्रिएको अवस्था छ । यति बेला सरकारले के गर्दैछ । अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजानको लागि सरकार के गर्दैैछ । सरकारले जनतालाई आश्वस्त पार्नेगरी बाहिर केही ल्याउन सकेको छैन । ठिक छौं विगतको भन्दा प्रगति भएको छ भन्ने गरेको छ । कुनकुन क्षेत्रमा कसरी सुधार गरेर अगाडि बढ्ने भनेर संसदलाई जानकारी दिएको छैन । यो धेरै गम्भिर विषय छ ।

त्यसैले समितिमा अर्थतन्त्रीलाई बोलाएर मुलुकको अर्थतन्त्रको अवस्था के हो । आर्थिक मन्दीमा गएको अवस्थामा माथि उठाउनको लागि सरकारले के गर्दैैछ भनेर छलफल गर्न आवश्यक रहेको छ । नेप्सेलाई नै धरासायी बनाउने गरी केही ठूला व्यवसायीकहरुको मिलेमत्तोमा निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज दिने गरी हतारहतारमा काम गरियो । देशलाई लुट्ने यस्ता खालका खेलहरु कहाँबाट हुन्छन् । नयाँ साझेदार ल्याउने कुरा भएकोमा नयाँ एक्सचेन्ज ल्याउने तयारी भयो । यो विषयमा के भएको हो तत्काल समितिले छानबिन गर्नुपर्छ ।’

उहाँले नेप्सेलाई नै धरासायी बनाउने गरी केही ठूला व्यवसायीकहरुको मिलेमतोमा निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज दिने गरी हतारहतारमा काम भइरहेको विषयमा अर्थ समितिले छानबिन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अघिल्लो अर्थसमितिले नयाँ साझेदार ल्याउन सुझाव दिएपनि अहिले नयाँ एक्सचेन्ज ल्याउने तयारी कसरी भयो भन्ने विषयमा तत्काल समितिले छानबिन गर्नुपर्ने बताउनु भयो ।